काठमाडौँ – प्रतिनिधिसभा विघटन गरेर आफ्नै वैधानिकतामाथि प्रश्न उठेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गरेका छन्।

प्रतिनिसभा विघटन सम्बन्धी मुद्दाहरु सर्वोच्च अदालतमा विचाराधीन रहेको र उनको आफ्नै पदको सुनिश्चिता नभएका बेला प्रम ओलीले जसपाको महन्थ ठाकुर पक्षलाई समेट्दै मन्त्रिपरिषदमा हेरफेर गरी विस्तार गरेका हुन्। शुक्रबार बेलुकी राष्ट्रपति विद्यादेवी भण्डारीबाट नव नियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन्।

प्रम ओलीले मन्त्रीपरिषदमा रहेका ४ चारजना बाहेक बा“की एमालेबाट मन्त्री भएका सबैलाई निकालेका छन् ।

अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गर्दै निरन्तरता दिएका छन् भने शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री वसन्त तेम्वाङ र कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले निरन्तरता पाएका छन्।

बालुवाटार स्रोतका अनुसार प्रम ओलीले गृह, रक्षा, सञ्चार, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय आफैंसँग राखेका छन्। एमालेबाट रघुविर महासेठलाई उपप्रधानसहित परराष्ट्र र शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन्।

राजेन्द्र महतोलाई उपप्रधानमन्त्री सहित शहरी विकास मन्त्रालयकोे जिम्मेवारी दिएर शपथ गराइएको छ । जसपाबाट शरतसिंह भण्डारी उर्जा, अनिल झा खानेपानी, विमल श्रीवास्तव श्रम, उमाशंकर अरगरिया युवा तथा खेलकुद, लक्ष्मण लाल कर्ण भुमिसुधार, चन्दा चौधरी महिला मन्त्रालय र एकबाल मिया“ले वन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
जसपाबाट चन्द्रकान्त चौधरी उर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला मन्त्रालयको राज्यमन्त्री भएकी छिन्।
साभारः देशसञ्चारबाट

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

विदुर-२, विदुर, नुवाकोट
फोन: ०१०५६००००
इमेल: mail@rajatimes.com
सुचना बिभाग दर्ता नं. ०००/०७७–७८

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल