नुवाकोट–कोरोनाबाट आइतबार तीनजनाको मृत्यु भएको छ । पछिल्लो २४ घंटामा दुई महिला र एक पुरुष गरी जिल्लामा मृत्यु हुने संख्या ३ पुगेको हो । कोरोनाबाट जिल्लामा मृत्यु हुने जम्मा २९ जना पुगेको छ ।

दुप्चेश्वरगाउ“पालिका २ की ३६ वर्षिया एक महिलाको कोरानोबाट मृत्यु भएको छ । उनको होमआइसोलेसनमा मृत्यु भएको छ । त्यसैगरी विदुरनगरपालिका ४ की ३२ महिला र ककनीगाउ“पालिका ४ का ६० वर्षिय पुरुषको त्रिशूली अस्पतालमा उपचाररत् संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

नुवाकोटमा एकसातामा सक्रिय संक्रमितको संख्या अघि ११ सयबाट झरेर ९ सय ४० जना पुगेको छ । एकसातामा निको हुनेमा १ हजार ८ सय बढेर २ हजार ८ सय ८७ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अस्पतालमा ३५ जना बसेका छन् भने आइसोलेसन सेन्टरमा ७१ जना छन् । होम आइसोलेसनमा ९ सय ७४ जना संक्रमित घटेर ८ सय ३४ जनामा आइपुगेको छ । नुवाकोटको १२ वटा स्थानीय तहमा १६ हजार २ सय ८३ जनाको पिसिआर परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल