नुवाकोट–बागमती प्रदेशका उपसभामुख राधिका तामाङ र पूर्व सांसद हितबहादुर तामाङले जिल्लाका दुई अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।
हालै ग्रामीणक्षेत्रमा कोरोना संक्रमितको संख्या बृद्धि भैरहेकापछि उपसभामुख र पूर्व सांसद तामाङव्दयको पहलमा अक्सिजन सहितको सिलिण्डर, फेससिल्ड, पिपिई, मास्क र गाउन लगायतका सामग्री जिल्ला अस्पताल त्रिशूली र खरानीटार अस्पतालाई सहयोग गरेका हुन् ।
जिल्ला अस्पताल त्रिशूलीलाई १० थान र खरानीटार अस्पताललाई ८ थान अक्सिजन भरेको सिलिण्डर दिइएको छ । जिल्लावासीले स्वास्थ्य सेवा पाउन सकून भनेर ती सामग्री प्रदान गरिएको उपसभामुख तामाङले बताइन् ।
नुवाकोटमा पछिल्लो २४ घंटामा संक्रमित १ सय ८ जना छन् । निको हुनेमा ११ जना रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ९७ जना छन् । नुवाकोटमा अहिलेसम्म कोरोनाबाट २९ जनाको ज्यान गइसकेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !