काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले २५ सदस्यीय मन्त्रीपरिषद गठन गरेका छन् ।

प्रम ओलीले बिहीबार राज्यमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत जनाइएको छ ।

पार्टीभित्र विद्रोह गर्दै जनता समाजवादी पार्टीको महन्त ठाकुर समूहले महत्वपूर्ण स्थान ओगट्न सफल भएको छ । विहीबारको मन्त्रिपरिषद विस्तारका क्रममा जसपाबाट उद्योग मन्त्रालय सहित राजकिशोर यादवले पाएका छन् ।

यसअघि राजेन्द्र महतोको नेतृत्वमा जसपाबाट ८ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरिएका थिए । अब राजकिशोर सहित जसपाबाट मन्त्री हुनेको संख्या ११ पुगेको छ ।
जसपाले एमालेको ओली समूहकै हाराहारीमा मन्त्रिपरिषदमा हिस्सा जमाएको छ । २५ सदस्यीय मन्त्रिपरिषदमा एमालेका १४ र जसपाका ११ जना छन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा समूह भने यसपटक सरकारमा सहभागी नभइ आफ्नै पार्टीभित्र र सरकारविरुद्ध संघर्षमा छ । यसअघि यादवले ओली नेतृत्वको सरकारमा २०७५ सालमा सहभागी थिए । त्यसबेला जसपाबाट २ जनामात्र मन्त्री थिए । यसअघि प्रधानमन्त्री ओलीले जेठ २१ गते पनि मन्त्रिपरिषद विस्तार गरेका थिए ।

विहीबार शपथ लिने मन्त्रीहरुमा गृहमा खगराज अधिकारी, उद्योग बाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, नैनकला थापा सञ्चार सूचना तथा प्रविधि, ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकास, नारदमुनी राना वन तथा वातावरण, गणेशकुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासन, मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र आशाकुमारी विक राज्यमन्त्री वन तथा वातावरण रहेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल