काठमाडौँ — संघीय राजधानी काठमाडौ उपत्यकामा निषेधाज्ञा असार ७ सम्म निषेधाज्ञाको अवधी थप गरिएको छ ।

यसअघि जेठ मसान्तसम्म थियो । काठमाडौ, भक्तपुर र ललितपुरका स्थानीय प्रशासनको आइतबार निर्णय अनुसार असारको ७ गतेसम्म निषेधाज्ञा बढाएका हुन् । कोरोना भाइरसको जोखिम घटिनसकेको जनाउदै तीनैवटै स्थानीय प्रशासनले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यसअघिको तुलनामा निषेधाज्ञा अलि खुकुलो बनाइएको छ ।

यसअघि ९ बजेसम्ममात्रै खुल्ने तरकारी तथा खाद्यान्न पसल अब बिहान ११ बजेसम्म खुल्नेछन् । अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन गर्न दिइएको छ । पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइनेछ । हार्डवेयर पसल पनि अपरान्ह ४ बजेपछि खोल्न दिने निर्णय भएको छ ।

निर्माण सामाग्री ढुवानीको हकमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म गर्न पाइने भएको छ ।
यस्तै सहकारी र रेमिट साताको आइतबार र विहिबार खोल्न दिइने भएको छ ।
सभा सम्मेलन, व्यवसाय तथा नित्य पूजा, शैक्षिक संस्थाहरु, सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय यथावत् राखिएको ती स्थानीय प्रशासनले जनाएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल