काठमाडौं — वागमती प्रदेशको सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीमा परेर बेपत्ता भएका ७ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार मंगलबारदेखि बेपत्ता भएका ७ जनाको शव भेटिएको हो । मृतकहरू सबै मेलम्ची ट्राउट फर्ममा कार्यरत थिए ।
मृत्यु हुनेहरूमा हेलम्बुगाउ“पालिका –२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षका गणेश ज्योति, हेलम्बु–३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल र हेलम्बु–६ का च्याङ्बा तामाङ रहेको प्रहरीले जनाएको छ । बाढी मेलम्ची बजार क्षेत्र पसेको छ ।

मेलम्ची खानेपानी मुहान संरचना भत्किएको छ ।

प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । इन्द्रावती र मेलम्ची जोड्ने मोटरेबल पुल बगेको स्थानीय प्रशासनले जनाएको छ ।

हेलम्बुबाटै उर्लिंदै आएको मेलम्चीले आठवटा ट्राउट माछा फर्म, नाकोते पुल, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमाह्योल्मो बसपार्क, सिटी पार्क बगाएको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर ७ का ९ जना स्थानीयलाई उद्धार गरिएको छ।मंगलबार खेत रोपाइँ गर्न गएका उनीहरू मिदिम खोलामा बाढी आएपछि बीचमै रोकिएका थिए।

बाढीले मनाङमा पनी सडक क्षती पुगेकाे छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल