काठमाडौँ— संघीय राजधानी काठमाडौं उपत्यकामा असार ८ गतेदेखि १४ गतेसम्म निषेधाज्ञा थप गर्दै खुकुलो गरेको छ ।
उपत्यकाभित्र संचालन हुने निजी सवारी साधन जोरबिजोर प्रणालीका आधारमा चल्ने छन् । फेन्सी, सपिङ मललगायत तयारी पोसाक र अन्य व्यवसायका लागि बार अनुसार संचालन गर्न दिइने भएको छ ।
तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबारको संयुक्त बैठकले उद्योग व्यवसाय र दैनिक जीविकासँग जोडिएका क्षेत्रमा लागेको निषेधाज्ञा हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अनुसार आइतबार, मंगलबार र बिहीबार एक चरणमा र सोमबार, बुधबार र शुक्रबार अर्को चरणमा गरी फेन्सी, सपिङ मललगायत तयारी पसललाई दिन बिराएर संचालन गर्न दिइने भएको छ ।
सबै खालका निजी सवारी साधन जोरबिजोर प्रणालीबाट संचालन हुने भएको छ । स्थानीय प्रशासनका अनुसार जनस्वास्थ्यका मापदण्ड पालना गरेर ट्याक्सी निर्वाध संचालन गर्न दिने भएको छ ।
शैक्षिक संस्थाबाहेक सबै किसिमका सरकारी कार्यालय न्यूनतम जनशक्ति राखेर खुला गरिने छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !