काठमाडौँ— संघीय राजधानी काठमाडौं उपत्यकामा असार १५ गतेदेखि २१ गतेसम्म निषेधाज्ञा खुकुलो पार्दै थप गरेको छ । उपत्यकाभित्र संचालन हुने सार्वजनकि निजी सवारी साधन जोरबिजोर प्रणालीका आधारमा चल्ने छन् ।
अतिआवश्यक वस्तुहरुका पसल सा“झ ६ बजेसम्म संचालन गर्न दिने भएको छ । अन्य पसलहरु फेन्सी, सपिङ मललगायत तयारी पोसाक र अन्य व्यवसायका लागि बार अनुसार हटाई ११ देखि ६ बजेसम्म संचालन गर्न दिइने भएको छ ।
तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले उद्योग व्यवसाय र दैनिक जीविकासँग जोडिएका क्षेत्रमा लागेको निषेधाज्ञा हटाइएको छ ।
सबै खालका २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यात्रुवाहक सवारीलाई जोरविजोर प्रणाली अनुसार संचालन गर्न दिने भएको छ । त्यसैगरी निजी सवारी साधनको हकमा यसअघिकै जोरबिजोर प्रणाली कायम गरिएको छ । स्थानीय प्रशासनका अनुसार जनस्वास्थ्यका मापदण्ड पालना गरेर ट्याक्सी निर्वाध संचालन गर्न दिने भएको छ ।
शैक्षिक संस्थाबाहेक सबै किसिमका सरकारी कार्यालय न्यूनतम जनशक्ति राखेर खुला गरिने छ ।
नुवाकोटमा कोडि १९ जिल्ला संकट ब्यबस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समिति नुवाकोटले असार २५ गतेसम्मको लागि निषेधाज्ञा थप गरेको छ । जिल्ला प्रशासन कार्यलय नुवाकोटमा बसेको बैठकले नुवाकोटमा दैनिक रुपमा कोरोना संक्रमितको संख्यामा नघटेको भन्दै असार २५ गते सम्मको लागी निषोज्ञा जारी गरेको हो । नुवाकोट जिल्लामा हाल सक्रिय कोरोना संक्रमित ७ सय ९३ रहेको र ३४ जनाको मृत्यु भइसकेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !