काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्ष आफ्नो जन्मदिन नमनाउने भएका छन् ।
बुधबार विज्ञप्ति जारी गर्दै यो वर्ष उत्सवका रुपमा जन्मदिन नमनाउने उल्लेख गरेका छन् । कोरोना संक्रमण र बाढी पहिरोले जनतामा परेको पीडाका कारण उक्त निर्णय लिइएको विज्ञप्तिमा उल्लेख छ ।
‘जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पिडालाई ध्यानमा राख्दै हामीले यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेका छौँ’ विज्ञप्तिमा उल्लेख छ ।
राजनीति, राज्य प्रणाली संकट र अन्यौलको अवस्थामा रहेकाले जनताको मन अशान्त रहेको भन्दै, ‘राजनीति, राज्य प्रणाली एवम् राजकाजको प्रवन्ध र व्यवस्थापन सक्रमण, संकट र अन्यौलको अवस्थामा देखा परेको छ । परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रूपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ ।
आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ । कोरोनाको खोप उपचार पाउन नसकेका कतिपय नेपाली निराश छन् । यसैगरी देशमा बर्सादको यो समय प्राकृतिक विपद्को वेदना पनि उत्तिकै छ’ भनेर विज्ञप्तिमा उल्लेख छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !