काठमाडौं– अविरल वर्षात् कारण झरेको पहिरोले गोरखा र धादिङमा गरी चारजनाको मृत्यु भएको छ ।

गोरखा सिरानचोक गाउ“पालिका वडा ७ मा पहिरोले घर भत्काउँदा एक दम्पतीको मृत्यु भएको छ । राति स्थानीय ८६ वर्षका दामोदर पाण्डे र उनको पत्नी नन्दकुमारी पान्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

यसैगरी, धादिङमा गुडिरहेको ट्रक माथिबाट झरेको पहिरोमा पुरिंदा चितवन भण्डाराका वीरवल प्रजाको मृत्यु भएको छ ।

बेनिघाट रोराङ गाउँपालिका–१० स्थित राजमार्गमा ना८ख ४५४० नम्बरको ट्रकका सहचालक प्रजाको मृत्यु भएको सोही पहिरोमा परेकार भारतबाट आएका एक महिलाको पनि मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

पहिरोमा पुरिएर अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ । मुग्लिनबाट काठमाडौं जाँदै गरेको ट्रकमाथि शनिबार पहिरो खसेको हो । पहिरोमा परेर अन्य पाँच वटा सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल