काठमाडौँ —अमेरिकाले नेपाललाई १५ लाख डोज खोप सहयोग गर्ने भएको छ । अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सन खोप सहयोग गर्न लागेको हो ।

नेपालस्थित अमेरिकी राजदूतावासकी प्रवक्ता आना रिची–एलेनले अमेरिकाले नेपाललाई उक्त खोप दिन लागेको जानकारी दिइन् । खोप अमेरिकी जनताको तर्फबाट नेपाली जनताको लागि उपहारको रुपमा दिइने उनले बताइन् ।
खोप यहा“ आइपुग्ने मिति तय नभइसकेको दूतावासले जनाएको छ । यसअघि नेपालले खोप सहयोगको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेकी थिइन् । उक्त पत्र लेखेको एक महिना कटिसक्दा पनि अमेरिकाको तर्फबाट कुनै जवाफ आएको छैन ।

स्वास्थ्य मन्त्रालयले पनि अमेरिकी सरकारलाई ५० लाख जोन्सन एन्ड जोन्सन खोप खरिदको लागि पत्र लेखेपनि खरिदको काम पनि अघि बढेको छैन ।

सरकारले ८ लाख डोज चीनबाट ल्याइयो

नेपाल बायुसेवा निगमको जहाजले चीनबाट ८ लाख डोज खोप काठमाडौं ल्याएको छ । सरकारले चीनको भेरोसेल खोप ल्याएको हो ।

६० वर्ष उमेर समूहकालाई लगाउन खोल ल्याएको सरकारले जनाएको छ । खोप लिनका निगमको जहाज असार ३१ र साउन ७ मा चीन जानेछ । खोप लिएर साउन १ र असार ८ मा ल्याउने छ । सरकारले करिब ४० लाख डोज खोप चीनबाट ल्याउन लागेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल