नुवाकोट–कोरोनाभाइरसको नया“ डेल्टा प्लस भेरिन्ट देखिएको छ ।
जिल्ला अस्पताल त्रिशूलीले शुक्रबार एक विज्ञप्तिमार्फत ४ वटा पिसिआर नमूनाहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं मार्फत अन्तराष्ट्रिय प्रयोगशाला पठाइएको नमूनामा एउटामा कोरोनाको तेस्रो लहर अन्तर्गत डेल्टा प्लस भेरिन्ट देखिएको अस्पतालले जनाएको छ ।
कोरोना डेल्टा प्लस भेरिन्ट ६०–१०० प्रतिशत बढी संक्रामक हुने र सबै उमेर समूहलाई संक्रमण गरी फोक्सोलाई असर पार्ने विज्ञहरुको दावी छ ।
नुवाकोटमा ३७ को निधन
नुवाकोटमा शुक्रबार थप एक जना सहित कोरोनाबाट ३७ जनाको मृत्यु भएको छ ।
जिल्लामा २४ घंटाको अवधिमा ५ सय २ जना सक्रिय संक्रमित भएका छन् भने निको हुनेमा ४८ जना छन् । अस्पतालमा १९, आइसोलेसन सेन्टरमा ३० र होम आइसोलेसनमा ४ सय ५३ जना संक्रमित छन् ।
जिल्लामा २० हजार ९ सय ६८ जनाको पिसिआर परीक्षण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !