नुवाकोट–जिल्ला प्रशासन कार्यालयले एकसाताको लागि निषेधाज्ञा थप गरेको छ ।

कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि शुक्रबारबाट साउन १ गतेसम्मलाई निषेधाज्ञा थप गरेको हो ।

प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल शुक्रबार जिल्ला भर आदेश जारी गरेका छन् । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिमको अधिकार प्रयोग गरी निषेधा जारी गरेको हो ।

स्थानीय प्रशासनले खाद्य सामाग्री तरकारी, फलफूल पसल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने÷गराउने गरी सा“झ ६ बजेसम्म मात्र खुल्ला गर्न भनिएको छ । त्यसैगरी अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ । जिल्लामा सार्वजनिक यात्रुवाहक सवारी संचालनमा रोक लगाइएको छ ।
गृह मन्त्रालयका अनुसार अहिले ६८ जिल्लामा निषेधाज्ञा लगाइएको जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल