काठमाडौं–संग्रहालय निर्माण गर्न महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइएको छ । काठमाडौँको मैतीदेवीस्थित उनको घर देवकोटा संग्रहालय बनाउन भत्काउन थालिएको हो ।
कविकुञ्ज नाम दिइएको देवकोटा निवासलाई नेपाल प्रज्ञा प्रतिष्ठानको पहलमा संग्रहालय बनाउन लागिएको छ । महाकवि देवकोटा र उहाँका परिवार सोही घरमा लामो समय बसेका थिए । देवकोटाको पुरानो घर भत्काउ“उन थालिएपछि उनका छोरा पद्मप्रसाद देवकोटाले दुःख व्यक्त गरेका छन् । अंग्रेजी साहित्यका प्राध्यापक डाक्टर देवकोटाले आफू जन्मेको हुर्केको घर भत्किंदा भावुक बनेका छन् । उनले आफ्नो स्टाटस समेत लेखेका छन । ‘आफू जन्मेको, हुर्केको घर भत्काएको देख्दा मनमा अनेकौ तरंग उत्पन्न हुँदा रहेछन् । मन दुख्दो पनि रहेछ । कोठा–कोठाको याद वैरिएर आएका छन्, यसपालि ’उनलेभने ।
तर महाकविका शुभचिन्तकले घर नभत्काई अर्को ठाउ“मा संग्रहालय बनाएर राख्न पर्ने बताउ“छन् । एक शुभचिन्तकलेभने,‘भएको इतिहासलाई जस्ताको तस्तै राखेर पो जीवन्त दिलाउनुपर्नेमा भत्काएर नया“ बनाउनु कुनै अर्थ छैन ।’
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !