काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।
शनिबार बोर्डको बैठकले कक्षा १२ को परीक्ष्ाँ स्थगित गर्ने निर्णय गरेको हो । यही साउन ३१ देखि निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भन्दै परीक्षा स्थगन गर्न चौतर्फी दबाब परिरहेको थियो । शिक्षा मन्त्रालयका एक अधिकारीले कक्षा १२ को परीक्षा स्थगित गरिएको र १५ दिनको समयावधि राखेर अर्को मिति निर्धारित गरिने जनाएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहित सबै तहको परीक्षा स्थगित गर्न सिसिएमसी तथा शिक्षा मन्त्रालयलाई अनुरोध गरेको थियो ।
एसईई नतिजा प्रकाशित
राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईईको नतिजा सार्वजनिक गरेको छ ।
विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको छ ।
देशभरका ५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए ।
विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको छ । नतिजाको www.see.gov.np, www.neb.gov.np साइटबाट हेर्न सकिने छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !