काठमाडौँ — संघीय राजधानी काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा कडा बनाइदै १० दिन थप गरिएको छ ।

खाद्यान्न तथा किराना पसल खोल्न दिइएकोमा कडा बनाउदै साँझ ७ बजेसम्ममा साँघुर्याइएको छ । निषेधाज्ञा साउन २८ गते विहिबारबाट भदौ ५ गते शनिबारसम्म लागू गरिएको छ ।

सरकारी तथा निजी निर्माणका सामाग्री ढुवानीको समय साँ ९ देखि बिहान ५ बजेसम्म तोकिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओले जारी गरेको निषेधाज्ञासम्बन्धी आदेशमा अतिआवश्यक काम बाहेक साझ ८ बजेसम्ममा आ–आफ्नो गन्तव्यमा पुग्न भनिएको छ । यस बाहेक पुरानै निषेधाज्ञाको निरन्तरता दिएको छ ।

उपत्यकामा सभा, समारोह गर्न अझै रोक लगाइएको छ । त्यसैगरी पार्टी प्यालेस, डान्सबार, नाचघर, स्वीमिङ पुल, सैलुन, ब्युटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, शैक्षिक संस्थाहरु भने अझै बन्द रहने भएका छन् । पछिल्लो पटक थपिएको निषेधाज्ञा बुधबार रातिदेखि सकिन लागेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल