काठमाडौँ — झण्डै ११ महिनाको अन्तरालपछि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः रामेछापका कुलमान घिसिङले बहाली भएका छन् ।

उनले बुधबार दिउँसो ऊर्जा मन्त्रालय पुगेर नियुक्तिपत्र बुझेपछि बहाली गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको थियो ।

२०७३ भदौ २९ को मन्त्रिपरिषद् निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त घिसिङलाई लोडसेडिङको अन्त्य र घाटामा गएको संस्थालाई नाफामा लगेको श्रेय जाने गरेको छ ।
दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा उनको कार्यकारी निर्देशकमा नियुक्त भएको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्य गराएका थिए । २०७५ वैशाखदेखि लोडसेडिङ मुक्त भएको घोषणा गरिएको थियो । घिसिङ नियुक्त हुँदा प्राधिकरणको सञ्चिति घाटा ३५ अर्ब रुपैयाँ रहेको प्राधिकरणले जनाएको थियो । उनको कार्यकालको अन्तिम वर्षमा १२ अर्ब मुनाफा आर्जन गरेको विद्युत प्राधिकरणले जनाएको छ । विद्युत प्राधिकरण बढी नाफा कमाउने सरकारी संस्थान बनेको थियो ।

चारवर्षको अवधिमा घिसिङले विद्युत् चुहावट २६ बाट १५ प्रतिशतमा झरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल