काठमाडौं– लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजिना दिएपछि बिहिबार माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त भएका छन् ।
प्रदेश सभाका ४ दलबीचको गठबन्धनकातर्फबाट केसी मुख्यमन्त्री नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेके उनको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले बुधबार २४ घण्टाभित्र सरकारका लागि दाबी गर्न आव्हान गरेका थिए ।
प्रदेश सरकारका लागि ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेका थिए ।
गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा बनेका केसी रोल्पाको १ नम्बर निर्वाचन क्षेत्रको (क)बाट निर्वाचित सांसद रहेका छन् । लुम्बिनी प्रदेशको सरकारले सानो मन्त्रिमण्डल गठन गर्ने तयारी छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !