काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर दोस्रोसाता हुने भएको छ । आगामी मंसिर ९ देखि १३ गतेसम्म हुने भएको केन्द्रीय कार्यसमितिको शनिबार बसेको बैठकले गरेको हो । यही भदौ १८ गतेबाट वडास्तरको अधिवेशन सुरु हुने छ ।
नेपालको संविधान ०७२ को धारा २६९ (४) (ख) भनिएको छ, ‘राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एकपटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ । तर, विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसके ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन ।’ भनिएको छ । संविधानको यो व्यवस्थाअनुसार कांग्रेसको कार्यकाल आउँदो भदौ १९ बाट सकिंदैछ । यही व्यवस्था अनुसार काग्रेसले १४ औं महाधिवेसन गर्न लागेको हो ।
कांग्रेसको १४ औं महाधिवेशनको प्रस्तावित कार्यतालिका
– गाउँ, नगर वडा अधिवेशन (२०७८ भदौ १८ गते)
– गाउँ, नगरपालिका अधिवेशन (२०७८ भदौ २७ गते)
– प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (२०७८ असोज १ गते)
– प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन (२०७८ असोज ५ गते)
– एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन (२०७८ असोज १० गते)
– प्रदेश अधिवेशन (कात्तिक १०, ११ र १२ गते)
– केन्द्रीय महाधिवशेन (२०७८ मंसिर ९ गतेदेखि सुरु)
नेकपा माओवादी केन्द्रले पुस ११ गते राष्ट्रिय सम्मेलनको प्रस्ताव
नेकपा माओवादी केन्द्रले आगामी पुस ११–१३ गतेसम्म राष्ट्रिय सम्मेलनको प्रस्ताव गरेको छ। उक्त प्रस्ताव केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेका हुन् । स्थानीय र प्रदेश स्तरका अधिवेशनहरू सकेपछि पुस ११ गते पार्टीको राष्ट्रिय सम्मेलन गर्ने उनको प्रस्ताव छ ।
शनिबारदेखि काठमाडौँको बत्तीसपुतलीमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन पेस गर्दै अध्यक्ष दाहालले यही भदौ मसान्तभित्र माओवादी केन्द्रले देशैभरि पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्न गर्ने, असोजमा टोलदेखि वडा हुँदै गाउँ सम्मेलनहरु गरिसक्ने र कात्तिकमा जिल्ला अधिवेशन गर्ने जनाएको छ । चीनका नेता माओ दिवसको अवसर पारेर पुस ११ गते राष्ट्रिय सम्मेलन उनको प्रस्ताव छ ।
दाहालको प्रस्तावित कार्यसूची
भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण ।
असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला ।
असोज २० गते वडा सम्मेलन,असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन ।
कात्तिक ३० गते जिल्ला सम्मेलन
मङ्सिर १५ गते प्रदेश सम्मेलन
पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !