काठमाडौं –हाइटीमा ७ दशमलव २ रेक्टर स्केलको भूकम्पका ३ सय जनाभन्दा बढीको मृत्यु भएको छ भने सयौ घाइते भएका छन् ।
शनिबार उक्त भुकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभागले बताएको छ । भूकम्पको केन्द्रबिन्दु घना बस्ती भएको राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १ सय ६० किलोमिटर टाढा रहेको बताइएको छ । भूकम्पको झट्का छिमेकी मुलुकहरूसमेत महसुस गरिएको छ ।
प्रकोपले ग्रस्त हाइटीमा भूकम्पपछि सुनामी आउनसक्ने संभावना बढेको भन्दै हजारौँ स्थानीयलाई समुन्द्री किनारबाट टाढा अग्लो सुरक्षितस्थानमा जान भनिएको छ । हाइटीको तटवर्ती इलाकामा भूकम्पपछि ३ मिटरसम्म छालहरू आउनसक्ने चेतावनी दिएको छ ।
भूकम्पका कारण कैयौँ भौतिक संरचनाहरू भत्किएको बताइएको छ । यसअघि सन् २०१० को जनवरीमा गएको ७ रेक्टर स्केलको भूकम्पले हाइटीको पोर्ट–अउ–प्रिन्स र नजिकैका शहरहरूमा ठूलो क्षति भएको थियो । त्यतिबेला भूकम्पमा परेर २ लाखभन्दा बढी मानिसको ज्यान गुमेका थिए । ३ लाखभन्दा बढी घाइते र साढे १ लाखभन्दा बढी घरबारविहीन भएका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !