काठमाडौँ — अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । तालिवान समूहले काबुललाई नियन्त्रणमा लिनु अघि देश छाडेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

उनी देश छाडेर ताजकिस्तानतर्फ गएका बताइएको छ । उनकोसाथमा उपराष्ट्रपति अमरुल्लाह सलेह पनि रहेको बताइएको छ । अफगानिस्तानबाट अमेरिकी सेनाले फिर्ता भएसँगै १० दिनयता तालिवान समूहले देशका अधिकांश भागमा कब्जामा लिएको संचारमाध्यमहरुले जनाएका छन् ।
तालिबानका एक प्रवक्ताले काबुलमा हुन सक्ने लुटपाटका घटनाहरु नियन्त्रणका लागि आफ्ना लडाकुहरु त्यसतर्फ पठाएका छन् । काबुलमा रहेका सुरक्षा अधिकारीहरु भाग्ने क्रम बढेपछि त्यहा“ हुनसक्ने दंगा तथा लुटपाट नियन्त्रणका लागि तालिबानी सुरक्षाकर्मीहरु त्यसतर्फ पठाइएको बताइएको छ ।
अफगानिस्तानमा रहेका नेपालीलाई अनलाइनमार्फत रजिष्ट्रेसन सुरु÷चीनको ग्रीनसिग्नल तालिवानलाई
काठमाडौं – सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई अनलाइन रजिस्ट्रेसन गर्न थालेको छ ।
अफगानिस्तान पछिल्लो समय उपन्न समस्यामा परेका नेपालीहरुलाई उद्धारका लागि परराष्ट्र मन्त्रालयमार्फत रजिस्ट्रेसन दर्ता गर्न थालिएको जनाइएको छ ।
अफगानिस्तानमा रहेका नेपालीको विवरण संकलन थालिएकाले कन्सुलर सेवा विभागको वेबसाइटमा नामसहितको विवरण भर्न भनिएको छ ।

तालिवानलाई चीनको ग्रीन सिग्नल
अफगानिस्तानमा सत्ता नियन्त्रणमा लिएको भोलिपल्ट सोमबार चीनले तालिवानलाई ग्रिन सिग्नल’ दिएको छ । चीनले तालिवानसँग मित्रतापूर्ण सम्बन्ध राख्न चाहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

गत जुलाईमा तालिवान नेता अब्दुल गनी बारदारले चीनको भ्रमण गरेका थिए । चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएका थिए ।
हाल काबुलमा चीन र रुसले दुतावास बन्द गराएका छैनन् । अमेरिकी र उसका सहयोगी मुलुकका दूतावासहरु भने बन्द भइसककेका छन् । चीनले पदाधिकारी र आफ्ना नागरिक सतर्क भएर दूतावासभित्रै बस्न भनेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल