काठमाडौँ — प्रदेश २ मा नया“ प्रदेश प्रमुख हरिशंकर मिश्रलाई नियुक्त गरिएको छ ।
मंगलबार नवनियुक्त प्रदेश प्रमुख मिश्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन् ।
मिश्रले नेपालको संविधानको धारा १६७ बमोजिम प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रमुख राजेश झालाई पदमुक्त गरेर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !