काठमाडौँ –राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन् ।
अध्यादेशमा संसदीय समिति र केन्द्रीय समितिको २० प्रतिशत भएको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा अध्यादेश जारी गरेकी हुन् ।
जारी अध्यादेशमा संसदीय समिति र केन्द्रीय समितिको २० प्रतिशत भए दल विभाजन गर्न मिल्ने उल्लेख छ ।
त्यसैगरी प्रदेश र स्थानीय तहमा दल विभाजन भएको २१ दिनभित्र कुन पार्टीमा जाने भनी सदस्यहरुले रोज्न पाउने व्यवस्था समेत थपिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धी ऐन २०७३ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !