काठमाडौँ — सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि निर्वाचन आयोगमा दुई वटा पार्टी दर्ता भएका छन् ।

दल दर्ता हुनेमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले नया“ दल दर्ता गराएका हुन् । नेकपा एमाले बुधबारबाट आधिकारिक रुपमा विभाजित भएको छ भने जनता समाजवादी पार्टी पनि विभाजित बनेको छ ।

एमालेका वरिष्ठ नेता नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । उनको पार्टीले चुनाव चिन्ह खुलेको किताब पाएको छ ।

जसपाका महन्थ ठाकुरको अध्यक्षतामा जसपा (लोकतान्त्रिक) पार्टी दर्ता भएको छ । चुनाव चिन्ह साइकल पाएको छ ।

नवगठित पार्टीमा २३ सदस्सीय केन्द्रीय कार्यकारिणी समिति र १४ जना संघीय सांसद रहेको जसपाका नेता लक्ष्मणलाल कर्णले जनाएका छन् । उनका अनुसार अध्यक्षमा ठाकुर बाहेक अन्य पदाधिकारी तोकिन बा“की रहेको बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल