काठमाडौँ– बागमती प्रदेशको मुख्यमन्त्रीमा एमाले नेतृ अष्टलक्ष्मी शाक्यले बनेकी छिन् । उनले शपथ समेत लिएकी छन् ।
उनलाई बुधबार एमाले बागमती प्रदेशमा संसदीय दलको नेता चयन गरिएको थियो । एमाले विभाजन भएसँगै मुख्यमन्त्री डोरमणि पौडेलले शाक्यका लागि मार्गप्रसस्त गरेर राजिनामा दिएपछि शाक्यको बाटो खुलेको हो ।
माधव नेपाल पक्षसँग निकट रहेकी शाक्य मुख्यमन्त्रीको जिम्मेवारीसहित ओली समूहमै यथावत रहेकी छिन् । साढे तीन वर्षअगाडि शाक्य मुख्यमन्त्री बन्ने निश्चित भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयमा पौडेललाई जिम्मेवारी दिएका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !