नुवाकोट– रसुवा र नुवाकोटमा गरी ३ जनाको मृत्यु भएको छ ।
विहिबार राति रसुवाको नौकुण्डगाउ“पालिका ५ कोलडा“डामा घरमाथिबाट आएको पहिरोले सुतिरहेका एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् ।
स्थानीय श्यामबहादुर ग्लान(तामाङ) की श्रीमती ३२ वर्षिया कमला र निजकी कान्छी छोरी ८ वर्षिया सुकमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
ग्लानको एक छोरा र एक छोरी बेपत्ता छन् । पहिरोमा परेका श्यामबहादुर गम्भिर घाइते भएपछि उपचारका लागि काठमाडौं पठाइएको रसुवा प्रहरीले जनाएको छ ।
बेपत्ताको खोज तथा उद्धारका लागि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, लाङटाङ राष्ट्रिय निकुन्ज सुरक्षार्थ विष्णुदल गणका सेना परिचालित भएका छन् । पहिरो गएको स्थान सदरमुकाम धुन्चेबाट ४० किमी दक्षिणपूर्वीभेगमा रहेको छ ।
त्यसैगरी नुवाकोट बेलकोटगढीनगरपालिका ५ लामाचौरमा पनि विहिबार राति घरमाथिबाट आएको पहिरोले पुरिएर ४३ वर्षिय विष्णुप्रसाद लामिछानेको मृत्यु भएको छ । उनी बिहिबार वर्षात् कारण राति घरको करेसामा आएको भल तर्काकाउने क्रममा माथिबाट पहिरो पुरेपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी तुलबहादुर कार्कीले बताए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !