काठमाडौँ –बागमती प्रदेशको प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त भएका छन् ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेकी छिन् ।
सरकारले बिहीबार शर्मालाई प्रमुखमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । प्रदेश प्रमुख संघीय सरकारको प्रतिनिधि रहने संवैधानिक व्यवस्था रहेको छ । उनी माधवकुमार नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी निर्माण थालेपछि सत्ता गठबन्धनबाट शर्माको अवसर आएको हो ।
नेपाल प्रधानमन्त्री हुँदाका शर्मा प्रमुख स्वकीय सचिवका रुपमा कार्यरत थिए ।
अघिल्लो सरकार केपी शर्मा ओलीले नियुक्त गरेका विष्णुप्रसाद प्रसाईंलाई हटाएर शर्मालाई प्रदेश प्रमुखमा ल्याइएको हो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !