काठमाडौँ –दल विभाजनका लागि निवेदन दिएका एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षलाई निर्वाचन आयोगले बुधबार बोलाएको छ । दुवै पक्ष् लाइ सनाखतका लागि उपस्थित हुन बोलाएको आयोगले जनाएको छ ।
सरकारले राजनीतिक दल विभाजनलाई सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेपाल पक्षले नेकपा एकीकृत (समाजवादी) र ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दुवै पक्षलाई भदौ ९ गते बिहान ११ देखि साढे २ बजेसम्म विभाजनको पक्षमा सनाखत गर्न आव्हान गरिएको जनाए ।
आयोगका अनुसार केन्द्रीय सदस्यले नागरिकता वा मतदता परिचयपत्र र सांसदले संसद सचिवालय ले दिएको परिचयपत्र लिएर आयोग आउन भनेको छ ।
बुधबार पार्टी विभाजनको पक्षमा सनाखत गर्न नगएका सांसदले पछि दल परिवर्तन गर्न नपाउने आयोगले जनाएको छ ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गरेर सरकारले गरेको छ । पहिला दल विभाजनका लागि केन्द्रीय कमिटी र संसदीय दलमा ४०÷४० प्रतिशत चाहिने प्रावधान रहेको थियो ।
अहिले त्यसलाई हटाएर दुई मध्ये एकातिर मात्रै २० प्रतिशत सदस्य मात्रै भए पनि विभाजन गर्न पाउने प्रावधान राखेको छ ।
नेपाल र ठाकुरले दल विभाजनका लागि २० प्रतिशत आयोगमा निवेदन दिएका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !