नुवाकोट— प्रत्येक वर्षको जनैपुर्णिमाका अवसरमा गोसाइकुण्डमा मेला लागेको छ ।

कोरोनाका कारणले यो पटक कुण्डमा स्थान गर्न जाने तीर्थयात्री घटेका छन् । त्यसैगरी नुवाकोटको दुप्चेश्वरमा पनि मेला लागेको छ ।

प्रत्येक वर्ष शुक्ल साउन पूर्णिमाको दिन पर्ने जनैपूर्णिमा गोसाइकुण्ड र दुप्चेश्वरमा मेला लाग्छ । जनै लगाउने तागाधारीले जनै र रक्षावन्धन बा“धेका छन् ।

गोसाइकुण्डमा प्रत्येक वर्ष गंगादशहरा र जनैपूणिमा मेला लाग्छ । गोसाइकुण्ड समुन्द्रसतहबाट ४ हजार ३ सय ८० मिटरको उचाइमा अवस्थित छ । काठमाडौंको सुन्दरीजल हुदै सूर्यकुण्डबाट गोसाइकुण्ड जाने तीर्थयात्री कोरोनाले गर्दा गएका छैनन् ।

त्यसैगरी काठमाडौ त्रिशूली, धुन्चेहुदै गोसाइकुण्ड जाने पहिलेको तुलनामा कम छन् । गोसाइकुण्ड र दुप्चेश्वरमा धामीझाक्रीहरु मन्त्र सिद्धि हुने जनविश्वासले गोसाइकुण्डमा शिवको आराधना गर्न जान्छन् ।

हिमवत् खण्डमा उल्लेख भएअनुसार सत्ययुगमा देव र दानवले समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विषले संसार भष्म गर्न लाग्दा महादेवले उक्त विष घा“टी राखेर जलन शान्त पार्न हिमालय पर्वतको उत्तराखण्ड लागेका थिए । रसुवाको पूर्वीभेग पहरामा त्रिशूलले भित्तामा हानेपछि निस्केको जल गंगाजलले भगवान शिवको घा“टीको विष डाह शान्त परे । त्रिशूल रोपिएको ठाउलाई त्रिशूल धारा र मुनि पल्टेको ठाउमा पानी जम्न गई कुण्ड बन्यो । सोही कुण्डलाई गोसाइकुण्ड भन्न थालियो ।

नुवाकोटको दुप्चेश्वरगाउपालिकाको सागर कुण्ड, नुवाकोट—रसुवा सिमा बेत्रावती उत्तरगया, देवीघाट, दुप्चेश्वर, कपिलेश्वर महादेव लगायतका मठमन्दिरमा आईतबार मेला लागेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल