काठमाडौं– अफगानिस्तान यति छिटै तालिबान लडाकुको कब्जामा परेसँगै यसले मानवीय संकट बढेको छ । यहाका हजारौँ स्थानीय देशबाट भाग्ने प्रयास गरिरहेका छन्।

तालिवान २० वर्षपछि पुनः शासन व्यवस्था कव्जा गर्न सफल भएको छ । उनीहरुप्रति अविश्वास गर्ने हजारौ स्थानीय असुरक्षित देखिको बताइएको छ ।
एउटा अर्को ध्यान पनि खिचेको छ । त्यो हो– प्रकृतिकै गर्भमा रहेका विशाल खनिज सम्पत्तिको प्राकृतिक स्रोत जसले अफगानिस्तान यदि विकसित भए आर्थिक पक्षलाई महत्वपूर्ण रुपान्तरण गर्न सक्ने छ ।

अफगानिस्तान विश्वकै गरिबमध्ये एक राष्ट्र हो । सन् २०१० मा अमेरिकी सेनाका अधिकारी र भूगर्भविद्हरूले मध्य तथा दक्षिण एसियाको चौबाटोमा रहेको अफगानिस्तान झण्डै १० खर्ब डलरबराबरको खनिज (मिनेरल्स) सम्पत्तिमाथि बसिरहेको खुलासा गरेका थिए।

आइरन (फलाम), कपर (तामा) र गोल्ड (सुन) जस्ता खनिज सम्पत्ति अफगानिस्तानका प्रान्त–प्रान्तमा छरिएर रहेका छन्। यतिमात्र होइन, पृथ्वीमा विरलै पाइने बहुमूल्य खनिजहरू छन्। सबैभन्दा महत्वपूर्ण लिथियमको विश्वकै ठूलोमध्येकै एक भण्डारण रहेको पनि आकलन छ। लिथियम त्यस्तो आधारभूत खनिज हो जो रिचार्ज गर्न मिल्ने ब्याट्री र अन्य जलवायु संकट सामना गर्ने प्रविधिको दुर्लभ भाग हो।

२१औँ शताब्दीको उदाउँदो अर्थतन्त्रका लागि अत्यावश्यक धातुहरू यहाँ छन् । पूर्वाधार अभाव र अत्यन्त सुख्खा जमिनजस्ता कारण विगतमा असाध्यै मूल्यवान् खनिजहरूको उत्खनन हुन पाएको थिएन । तालिबानको नियन्त्रण आए पनि परिस्थिति परिवर्तन भइ खनिज उत्खनन गरेर बेच्न सक्ने अवस्था नभएको बताइएको छ । यस्ता सम्पत्तिमा चीन, पाकिस्तान र भारतको उत्कट चाहना छ । यसमा पनि ती देशले अस्थिरताकै बीच यसमा संलग्न हुने प्रयास गर्नेछन् ।

ठूलो सम्भावना

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेना फिर्ता लैजाने घोषणा गर्नुअघि नै यो वर्ष तालिबानको नियन्त्रण बौरिँदै गर्दा देशको आर्थिक प्रत्याशा मधुरो थियो।

जुन महिनामा अमेरिकी संसदीय अनुसन्धान सेवाबाट प्रकाशित रिपोर्टअनुसार सन् २०२० सम्म अनुमानित ९० प्रतिशत अफगानहरू प्रतिदिन २ डलरको सरकार निर्धारित गरिबी तहमा बाँचिरहेको जनाइएको छ । पछिल्लो रिपोर्टमा विश्व बैंकले अफगानिस्तानको अर्थतन्त्र नाजुक र सहयोगमा आश्रित रहेको बताएको छ। विश्व बैकको प्रतिवेदन अनुसार निजी क्षेत्रको विकास र विविधतालाई असुरक्षा, राजनीतिक अस्थिरता, कमजोर संस्थाहरू, अपर्याप्त पूर्वाधार, फैलिँदो भ्रष्टाचार र कठिन व्यावसायिक वातावरणले प्रतिबन्धित गरेको छ ।

लिथियम र कोबाल्टजस्ता धातु र निओडिमियमजस्ता विरलै पृथ्वीमा पाइने तत्वहरूको माग विभिन्न देशहरूले विद्युतीय कारमा रुपान्तरण हुन र कार्बन उत्सर्जन कटौतीका लागि स्वच्छ प्रविधिहरूमा जाने भनिएपनि ती वस्तुको माग ह्वात्तै बढिरहेको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा संस्था (आईईए)ले गत मे मा जलवायु संकटसँग जुध्न लिथियम, कपर, निकेल, कोबाल्ट र दुर्लभ प्राकृतिक तत्वहरूको विश्व आपूर्ति तीव्रदरले बढाउनुपर्ने जनाएको छ। तीन देश चीन, प्रजातान्त्रिक गणतन्त्र कंगो र अस्ट्रेलियाले लिथियम, कोबाल्ट र विरलै पाइने दुर्लभ खनिजको ७५ प्रतिशत हिस्सा ओगट्छन्।

एउटा औसत विद्युतीय कारलाई परम्परागत कारभन्दा छ गुणा धेरै खनिज आवश्यक पर्ने आईईएले जनाएको छ। लिथियम, निकेल र कोबाल्ट ब्याट्रीहरूका लागि अत्यन्तै महत्वपूर्ण खनिज हुन्। विद्युतीय सञ्जालमा समेत ठूलो मात्रामा कपर र आल्मुनियम चाहिन्छ भने म्याग्नेटमा प्रयोग हुने दुर्लभ खनिजहरू हावाबाट घुम्ने टर्बाइन बनाउन आवश्यक पर्छ ।

अमेरिकी सरकारको अनुमानमा अफगानिस्तानको गर्भमा लिथियमको भण्डारण बोलिभियाकै हाराहारीमा छ। बोलिभियालाई लिथियमको विश्वकै धेरै सञ्चितिको घर मानिन्छ।
अमेरिकी भौगर्भिक सर्वेका सइद मिर्जादले सन् २०१० मा साइन्स म्यागाजिन भनेका थिए, यदि अफगानिस्तान केही वर्ष मात्रै शान्त रह्यो र खनिज स्राोतहरूको विकासलाई अनुमति दियो भने एक दशकभित्रै यो क्षेत्रकै धनी मुलुक बन्न सक्छ । उनले सन् १९७९ मा अफगानिस्तान भौगर्भिक सर्वेको नेतृत्व गरेका थिए।
धेरै छन् अड्चनहरू
अफगानिस्तानमा केही मात्रामा सुन, तामा र फलाम उत्खनन गरिए पनि लिथियम र दुर्लभ खनिज निकाल्न धेरै ठूलो लगानी, प्रविधि र समय पनि उस्तै कुर्नुपर्छ । एउटा खानी पत्ता लगाएर उत्पादन सुरु गर्न १६ वर्ष लाग्छ ।
खानी राम्ररी संचालनमा आए प्रतिवर्ष एक अर्ब डलर आम्दानी दिन्छ । अहिले अफगानिस्तानमा ३० देखि ४० प्रतिशत भ्रष्टाचार, युद्ध र साना खानी परियोजनामा तालिबानको पकडले ओगट्छ ।
यति हुँदाहुँदै पनि तालिबानले खानी क्षेत्रको विकासमा आफ्नो नयाँ शक्ति प्रयोग गर्न सक्ने देखिएपनि तालिबानलाई चुनौती छ। अहिले उसले धेरै प्रकारका सुरक्षा र मानवीय मुद्दाहरूमा केन्द्रित हुनुपर्ने देखिएको छ । तालिवानले शक्ति लिएपनि राष्ट्रिय सरकारमा रुपान्तरण भई राम्रो शासन चलाउन सजिलो छैन ।
चीनका लागि एउटा अवसर
दुर्लभ खनिजको उत्खननमा चीनलाई विश्वकै अग्रणी मानिन्छ। उसले गत सोमबार नै अफगान तालिबानसँग सम्बन्ध विकसित गराएका छन् ।
खनिज पदार्थहरु उत्खनन्(माइनिङ) होसियारीपूर्वक गरिएन भने वातावरणीय हिसाबले विनाशकारी हुनेछ छ । त्यसको असर धेरै स्थानीयमाझ पर्ने छ ।
चीनले तालिबान नेतृत्वको अफगानिस्तानमा अर्कै उदाउँदो भूगोललाई प्राथमिकता दिने बताइएको छ ।
साभारः भावानुवाद सिएनएन

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल