रसुवा– भारी वर्षासँगै आएको पहिरोले पासाङ ल्हामु मार्गको धुञ्चे–ठूलोभार्खुबीचको सडक अवरूद्व भएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार धुञ्चेभन्दा पारिपट्टी खोपाङ पाखाको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्णरूपमा बन्द भएको छ ।
अवरुद्ध सडक छिटो खुलाउन पर्ने स्थानीयको माग छ । यो नेपाल चीनबीचको व्यापार व्यवसाय गर्ने एकमात्र अन्तर्राष्ट्रिय मार्ग हो ।

सडक अवरुद्ध पछि दर्जनौँ सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन । सडक अवरोध भएपछि रसुवाको उत्तरी क्षेत्रबाट उपचारका लागि जिल्ला अस्पताल धुञ्चे ल्याउन समस्या भएको छ । पहिरो पन्छाउने उपकरण भएपनि चालक अभाव भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल