काठमाडौं– संसदको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन निर्देशन दिएको छ ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि मंगलबार परीक्षा लिन भनिएको हो ।
समितिकी सभापति जयपुरी घर्तीले कोभिड विरुद्धको खोप लगाएपछि भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिएकी छिन् ।
यसअघि शिक्षा मन्त्रालयले कोभिड संक्रमणको जोखिम रहेको भन्दै परीक्षा स्थगित गरेको थियो ।
समितिमा छलफलपछि कक्षा १२ को परीक्षा भौतिक उपस्थितमा दशै अघि नै लिने तयारी गरिने शिक्षा मन्त्रालयले जनाएको छ । कक्षा १२ मा अध्ययनरत् १८ वर्षमाथिका ३ लाख ९६ हजार विद्यार्थी रहेको र उनीहरुलाई खोप दिएर परीक्षा अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।
गएको साउन ३१ गतेदेखि हुने परीक्षा स्वास्थ्य मन्त्रालय र सीसीएमसीको सिफारिसमा स्थगित गरिएको थियो ।
कक्षा १२ को परीक्षा स्थगित गर्ने तर त्रिभुवन लगायत अन्य विश्वविद्यालय, विदेशी बोर्ड र कक्षा ११ को परीक्षा भने निर्बाध सञ्चालन गर्न दिने भनेर सवत्र आलोचना भएको थियो भने कोभिड बीचमा पनि राजनीतिक दलका कार्यक्रममा भीड देखिएको, गाईजात्रामा पनि भीडै कायम रहेकाले त्यसलाई नरोकिएको तर विद्यार्थीको भविष्यसंगमाथि खेलवाड गरेर परीक्षा रोकिएकोमा अभिभावकहरु आक्रोसित छन् ।
।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !