काठमाडौँ – एमालेको मंगलबार बसेको बैठकले पार्टीको महाधिवेशनको मिति समेत तय गरेको छ ।
केन्द्रीय महाधिवेशन आउँदो मंसिर १० देखि १२ सम्म हुने भएको छ ।

त्यसैगरी पार्टीको विधान महाधिवेशन भने असोज ४ देखि ६ गतेसम्म हुने पार्टीले जनाएको छ ।

त्यसैगरी एमालेले १० बुँदे सहमतिका आधारमा जेठ २ अघिका सबै संगठनहरू क्रियाशील गराउने निर्णय समेत गरेको छ ।

पार्टी एकताका लागि तय भएको १० बुँदे सहमति कार्यान्वयनका लागि उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, विष्णु पौडेल र लेखराज भट्टको कार्यदल बनाइएको छ ।


वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेता बेगर नै पार्टीले महाधिवेशनको मिति तय गरेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल