काठमाडौं– संघीय उपत्यकामा निषेधाज्ञा भदौ १६ गतेसम्म जारी गरेको छ ।
उपत्यकाकाको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले निशेधाज्ञा लम्ब्याएका छन् ।
हाल स्थानीय प्रशासनले राति ८ बजेपछि सवारी संचालनमा रोक लगाएपनि त्यसलाई फुकुवा गरेको छ । बुधबारदेखि लागू हुने नयाँ निषेधाज्ञामा राति समयमा गाडी चलाउन पाइने छ ।
थपिएको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशाला, खेलकुद र भिडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न÷ गराउन नपाउने जनाइएको छ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !