काठमाडौ– एमाले र जनता समाजवादी पार्टी बुधबारबाट विधिवत् रुपमा फुटेको छ ।

निर्वाचन आयोगले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई नेकपा (एकीकृत समाजवादी) र जसपाका अध्यक्ष महन्थ ठाकुरलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) लाई राजनीतिक दलको मान्यता पाएपछि ती दुई पार्टी फुटेका हुन् ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोसपाले दलको मान्यता पाएको निर्वाचन आयोगले जनाएको छ ।

सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशलाई प्रयोग गरेर नेता नेपाल र नेता ठाकुरले नयाँ दल गठन गरेका हुन् । राजनीतिक दल सम्बन्धी अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पु¥याएपछि दल विभाजन गर्न सकिने व्यवस्था छ । सोही व्यवस्था अनुसार एमालेका नेता नेपाल पक्षले २० प्रतिशत केन्द्रीय सदस्य संख्या पु¥याएर एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी गठन गरेको हो भने जसपाको आधिकारिकता गुमाएपछि बनेको ठाकुर पक्षले केन्द्रीय कार्यकारिणी र संसदीय दलका २० प्रतिशतभन्दा बढी सदस्यलाई लिएर लोसपा गठन गरेको छ ।


नेकपा एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी गठनका लागि एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५५ जनाले सनाखत गरेका थिए । यो कुल सदस्य संख्याको २७ प्रतिशत हो । नेपाल पक्षले केन्द्रीय कमिटीमा अध्यादेशले व्यवस्था अनुसारको संख्या जुटाएको छ । तर, एक सांसद अपुग हुँदा संघीय संसदमा २० प्रतिशत पुर्याएको छैन । एमालेको १५४ सदस्यीय संसदीय दलका ३० जनाले मात्र सनाखत गरेका थिए । त्यो भनेको कुल संख्याको १९ दशमलव ४८ प्रतिशत हुन आउछ । नेपाललाई साथ दिने संघीय सांसदको संख्या ३३ पुगे पनि ३ जनाले सनाखत गर्न नपाउँदा संसदीय दलमा २० प्रतिशत नपुगेको हो । तीन जनाले सनाखत गरेको भए संसदीय दलमा २१ प्रतिशत पुग्थ्यो ।

त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) विभाजन गरी नयाँ लोसपा दल दर्ताका लागि जसपाका ५१ सदस्यीय कार्यकारिणी समितिका १७ जनाले सनाखत गरेका थिए । यो कुल सदस्य संख्याको ३३ प्रतिशत हो

राष्ट्रियसभाका ३ र प्रतिनिधिसभाका ३४ गरी ३७ सांसदमध्ये १५ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य संख्या ४० प्रतिशत हुन आउछ । निर्धारित समयमा दुवै दलका केन्द्रीय सदस्य र संघीय सांसदले सनाखत गरेका थिए । नयाँ २ दल संगैं नेपालमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको संख्या ६ पुगेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल