काठमाडौ– प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको कक्षा १२ को परीक्षार्थीका लागि कोभिड १९ विरुद्धको खोपको तुरुन्त व्यवस्थापन गर्न निर्देशन दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तातेको छ ।

बिहीवार बसेको समितिको बैठकले मन्त्रालयलाई निर्देशन दिएपछि मन्त्रालयले कक्षा १२ का परीक्षार्थीलाई खोप उपलव्ध गराउने भएको हो । उक्त खोप दिएर छिटै परीक्षाको लागि वातावरण बनाउन मन्त्रालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले जापान सरकारले दिएको खोप कक्षा १२ का परीक्षार्थीहरुलाई उपलब्ध गराउन जनाएको छ । जापान सरकारले १६ लाख डोज खोप दिएको छ । मन्त्रालयले कक्षा १२ का परीक्षार्थीलाई ९ लाख डोज उपलव्ध गराउने जनएको छ । ७ लाख डोज जेष्ठ नागरिकलाई दिइसकेपछि बा“की रहेको खोप देशभरका १२ कक्षाका विद्यार्थीलाई उपलब्ध गराउने छ ।


सरकारले १८ वर्षभन्दा मुनिका बालबालिकाका लागि पनि खोप खरिदको प्रक्रिया अगाडी बढाएको छ । ९ देखि १८ वर्ष उमेरका बालबालिकालाई मोडर्ना खोप दिने भएको छ । साना बालबालिकालाई १ करोड फाइजर खोप ल्याउने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ ।


मन्त्रालयले हुम्ला, मुस्ताङ, मनाङ, जुम्ला, मुगु, हिमाली जिल्लामा जनसंख्या कम भएका ग्रामीण भेगमा र त्यसपछि बढी जनसंख्या भएको झापा, मोरङ, सुनसरी, प्रदेश नम्बर २ र काठमाडौ उपत्यका लगायतका बढी जनसंख्या भएका जिल्लालाई खोपको प्राथमिकतामा राखिएको छ ।

हालसम्म १ करोड ३२ लाख डोज खोप आएको छ । ९० लाखले खोप पाइसकेका छन् ।

मन्त्रिपरिषद्व्दारा चीनीया“ खोप वालभ्याक्सलाई परीक्षण अनुमति, नेपालमै उत्पादन गर्ने तयारी


चीनमा उत्पादित कोरोनाको खोप वालभ्याक्स परीक्षणको लागि मन्त्रिपरिषदले अनुमति दिएको छ । विहिबार बसेको मन्त्रिपरिषद बैठकले उक्त खोपको परीक्षण अनुमति देउराली जनता फार्मास्यूटिकल्सलाई दिएको बताइएको छ ।

चिनियाँ कम्पनीले नेपालको देउराली जनता फार्मास्यूटिकल्ससँगको सहकार्यमा खोपको परीक्षण गर्ने छ ।
यो खोप ३ हजार जनामा परीक्षण गरिने छ । सबै व्यवस्थापकीय कार्य देउराली जनताले हेर्ने बताइएको छ । खोपको परीक्षणपछि चिनियाँ कम्पनीले नेपालमै उत्पादन गर्ने तयारी छ ।

नेपालमा खोप उत्पादनका लागि आवश्यक कार्यविधि पनि पारित गरिसकेको जनाइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल