काठमाडौ– तीनदिनदेखि परेको भारी वर्षाका कारण आएको बाढीले देशका विभिन्न जिल्लामा मानवीय क्षति पुर्याएको छ भने सयौ घर डुवानमा परेका छन् ।

रूपन्देहीमा बाढीले सम्मरीमाई गाउँपालिका–३ प्रिपहवाका २३ वर्षीय बब्लु लोधलाई बगाएर बेपत्ता भएका छन् । दानव नदीमा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार लोध बिहान ५ बजे बाढीले बगाएका दाउरा बटुल्ने क्रममा उनी बेपत्ता भएका थिए । बाढीले जिल्लाका १५ घर बगाएको छ । रोहिणी, ओमसतिया र कञ्चन गाउँपालिकाका १४ कच्ची र बुटवल उपमहानगरपालिका–१२ सिर्जनाटोल एक पक्की घर गरी १५ घर भत्किएको छ । रोहिणी, ओमसतिया, मर्चवारी, सम्मरीमाई, कञ्चनलगायत क्षेत्रमा बढी क्षति गरेको छ । एक सय घरपरिवार विस्थापित भएका हुन पुगेका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सार्ने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । तीन दिनदेखिको वर्षा नरोकिएकाले अझै क्षति बढ्ने बताइएको छ । स्थानीय प्रशासनले क्षतिको आंकलन गरेर जोखिमयुक्त ठाउमा उद्धारकर्मी समेत खटाइएको छ ।

त्यसैगरी कैलाली अविरल वर्षाका कारण लम्कीचुहा नगरपालिका–६ का ९५ वर्षीया फुपिया थारुको मृत्यु भएको छ । गुलरा नदीले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनी बिहिबार सा“झ लुगा धुदै गर्दा आएको बाढीले बगाएको थियो । वर्षाले तराई क्षेत्र प्रभावित बनेको छ । बाढीका कारण एक घर बगाउनुका साथै सय भन्दा बढी घर डुवानमा परेका छन् । बाढीमा परेका दुई जनाको उद्धार भएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी ५० जनाको टोलीले उद्धार गरेको छ ।

धनगढी उपमहानगरपालिका ३ र कञ्चनपुरको बाईसेबिचुवा जोड्ने मोहना नदीमा निर्माणाधिन पक्की पुलको दुवै किनारमा भरान गरिएको माटो बगाउँदा आवागमन ठप्प भएको छ ।
जानकी गाउँपालिका ४ का ८० र वडा ७ का ५८ घरमा पानी पसेको छ ।
स्थानीय प्रशासनले चुरे क्षेत्रमा भइरहेको लगातारको वर्षाका कारण कर्णाली नदीले तटबन्ध भत्काएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

त्यसैगरी महोत्तरीमा रातु नदीको बाढी पस्दा महोत्तरीका ९ सय घर डुबानमा परेका छन् । जिल्लाको बलवा नगरपालिका– ४ तीलगढ बस्ती डुबानमा परेको छ ।
रातुको बाढीले बर्दिवास–३ नदी किनारका १० कठ्ठा धान खेत खोलाले कटान गरी बगाइसकेको छ ।

पूर्वी नवलपरासीको हुप्सेकोटगाउ“पालिका ४ मा पहिरो जांदा ३ जना बेपत्ता छन् ।

त्यसैगरी कपिलवस्तुमा वर्षाले जिल्लाको वाँणगंगा नगरपालिकामा ५० बढी घर डुबानमा परेको छ । नगरपालिकाको २ कलौनी र पिपरा, वडा ३ को गंगोलीया र बभनी क्षेत्र, वडा ४ को झुगा क्षेत्र डुबानमा परेको छ । वडा ८ को बोर्डगाउँ, बालापुर र धनेशपुर क्षेत्र र वडा ११ को ओदारी, मैरी, हथौसाका घर पनि डुबानमा परेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल