नुवाकोट –नुवाकोटकाे लिखुगाउपालिका १ शेरा दरबार भन्दा केहीमाथि सडकमा विदुर जांदै गरेको हाइस गाडी दुर्घटना हुंदा ८ जना घाइते भएका छन् ।
आइतबार दिउसो १ बजे गंगटे– ढिकुरे सडक खण्डको शेरामा बा१ज ९४५ नम्बरको गाडी गाडी बे्रक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते हुनेमा लिखुगाउपालिका १ का गाडी चालक ४० वर्षिय राजु तामाङ बायाँ गोडामा चोट, सोही ठाउँका ३२ वर्षिय प्रचण्ड नेपालीको बाया कुममा चोट, ३६ वर्षिय दलबहादुर विकको टाउकोमा , वडा २ का आशिका ढुंगानाको दाया गोडामा, सोही ठाउका सहचालक १७ वर्षिय सबिन्द्र तामाङ बाया गालामा चोट लागेको छ ।
पन्चकन्यागाउपालिका वडा १ की ३१ वर्षिय लक्ष्मी अधिकारी खड्का टाउकोमा चोट, सोही ठाउँकी ३६ दुर्गा न्यौपाने टाउकोमा चोट लागेको छ भने वडा ५ का ५७ वर्षिय रामकृष्ण श्रेष्ठको दुई पाखुरामा चोट लागेको छ ।
घाइते मध्ये प्रचण्ड नेपालीको उपचारको लागि काठमाडौ पठाइएको छ भने अरु विरामीको जिल्लाका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको प्रहरीले ईलाका प्रहरी कार्यालय ढिकुरेले जनाएको छ ।
गाडी सडकको बायाँपट्टी छेउको कटुसको रुखमा ठोकिएको प्रहरीले जनाएको छ । गाडी दुर्घटना भएको स्थान सदरमुकाम विदुरबाट १० किमी पूर्वमा पर्छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !