काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौा उपत्यकामा थुप्रिएको फोहोर छिटो व्यवस्थापन गरेर उठाउन काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री निवास बालुबाटारमा कामनपा मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीलाई बोलाएर तत्काल फोहोर उठाउने आवश्यक प्रबन्ध गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

फोहोर व्यवस्थापन गर्ने १७ किमी सडकको दुराअस्थाले र ल्याण्डफिड साइट छिटो हस्तान्तरण नहुंदा फोहोर फाल्न कठिनाई भएको काठमाडौ महानगरपालिकाले जनाएको छ । त्यसका लागि सडक सुधार गर्नुपर्ने मेयर शाक्यले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । फोहोर व्यवस्थापन गर्ने डम्पिङ साइटसम्म पुग्ने सडक बिग्रिएको छ ।

वर्षाका कारण सडक हिलाम्यै भएपछि फोहोर बोकेका गाडी डम्पिङ साइटसम्म जान सकेका छैनन् । सहरी विकास मन्त्रालयले निर्माण गरिरहेको नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट यथाशिघ्र निर्माण गरी हस्तान्तरण गरिदिन प्रमलाई महानगरले आग्रह गरेको छ ।

सिसडोलमा काठमाडौं उपत्यका लगायत काभ्रेसम्मको दैनिक १ सय ५० ट्रक फोहोर उत्सर्जन हुन्छ । तर, अहिले दैनिक ५० ट्रकमात्रै फोहोर उठिरहेको महानगरले जनाएको छ

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल