काठमाडौँ – कोरोनाको कारण रोकिएको कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि संचालन हुने भएको छ ।
गत साउन ३१ गतेदेखि हुने गरी निर्धारण भएको परीक्षा कोरोना महामारीलाई देखाउँदै स्थगित भएको थियो।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यही भदौ ३० बुधबारदेखि कक्षा १२ को परीक्षा गर्ने तय भएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम देखाएर परीक्षा स्थगन गरेको भन्दै चौतर्फी विरोध भएपछि शिक्षा तथा जनसंख्या मन्त्रालयले खोप दिएर परीक्षा गराउने प्रतिवद्धता जनाएपछि कक्षा १२ को परीक्षा हुन लागेको हो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !