काठमाडौं—कोरोना संक्रमणका कारण चार महिनादेखि बन्द गोरखाको प्रसिद्ध शक्तिपीठ मनकामना मन्दिर खुलेको छ भने शुक्रबारदेखि आराध्यदेव भगवान पशुपतिनाथको मन्दिर खोलिने भएको छ ।

विहिबार क्षमपूजा गरेर सर्वसाधारणका लागि मन्दिर खुल्ला गरिन लागेको छ ।
। मन्दिर बुधबारदेखि खुलेको हो । मन्दिर खुलेसँगै सर्वसधारणले पूजाआराधना गरेका छन् । मन्दिर खुलेसँगै केवलकार सेवा पनि सञ्चालनमा आएको छ ।


कोरोना संक्रमणको कारण वैशाख तेस्रो साताबाट मन्दिर प्रवेशमा रोक लगाइएको थियो । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरी मन्दिर खुला गरिएको मनकामना क्षेत्र विकास समितिले जनाएको छ । मन्दिर खुलेपछि ३ सय भन्दा बढी भक्तजनले देवीको दर्शन गरेका थिए ।

प्रवेश गर्नेलाई मास्क अनिवार्य र सेनिटाइजरको प्रयोगमा जोड दिएको समितिले जनाएको छ । दर्शन गर्न मन्दिरको ढोका बाहिर व्यवस्था मिलाइएको भने पूजा सामाग्रीहरु भने मन्दिरका सहयोगीहरुले मूल पुजारीसम्म पु¥याउने गरी व्यवस्था मिलाइएको छ ।

समितिले मास्क अनिवार्य प्रयोग गर्न, साबुन पानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्नुपर्ने कार्यविधि पारित गरेको छ । मन्दिरका पुजारी, कर्मचारी, स्वंयसेवकको नियमित ज्वरो नाप्ने, रुघाखोकी लागेको÷नलागेको सूचना लिने र त्यस्तो पाइएमा काममा सहभागी नगराउने र आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल