काठमाडौँ – महिलाहरुको महान चाडको रुपमा हेरिएको तीज(हरितालिका) पर्व मनाइ रहेका छन् ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व बिहीबार भगवान महादेवको पूजा आराधना गरी मनाइएको छ । भाद्रशुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।
तीजको व्रत मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि गरिने व्रत भएको शास्त्री कथन छ । व्रतले परिवारको यस लोकमा सुख, शान्ति र पारलोकका लागि तीजको व्रतको महिमा रहेको छ । तीज पर्वका अवसरमा प्रत्येक शिव मन्दिरमा पूजाआजा गरिएको छ ।
कारोनाका कारण भगवान पशुपतिनाथ मन्दिर नखुल्ने पनि केहीले बाहिरबाट पूजा गरे फर्केका छन् । शुक्रबारदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्ने पशुपति क्षेत्र विकास कोषको तयारी छ ।
वर्षाको बामजुद पनि व्रतालु भक्तजनहरुले पशुपतिको बाहिरी क्षेत्र लगयत शिवमन्दिर वरिपरि नाचगान गरिरहेका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !