नुवाकोट– विरामी भएर बसेका स्थानीयलाई उपचारका लागि लिन जा“दा दुप्चेश्वरगाउ“पालिका ३ झगडे मस्यरी सडक खण्डमा बलेरो दुर्घटना हु“दा स्थानीय मानबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा वडा ३ रावतबेसीस्थित पुरानोगाउ“का स्थानीय तामाङ रहेको उनी नेपाली काग्रेसका क्रियाशील सदस्य रहेको गाउ“पालिकाका अध्यक्ष योविन्द्रसिं तामाङले बताए । घाइते चालकको नाम नखुलेपनि अवस्था सामान्य रहेको छ ।
विहिबार विहान प्रदेश ३०१०२२ च ५०७१ नम्बरको बलेरो गाडी सडकबाट तल झरेर दुर्घटना परेको उनले बताए । उक्त गाडी तल मस्यारीबाट गाउ“खर्क तर्फ विरामी लिन जांदै गरेको थियो । घटनास्थल सदरमुकाम विदुरबाट ४० किमी दुरी पूर्वीभेगमा पर्छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !