नुवाकोट– स्थानीय प्रशासनले बजार अनुगमन गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालको टोलीले विदुरनगरपालिका वडा नम्बर १ ढुंगे बजार क्ष्ँेत्रका खाद्यान्न पसलहरुको हालै अनुगमन गरेको हो ।

नुगमनको क्रममा व्यवसाय दर्ता नवीकरण, मूल्य सूची, नापतौल, खाद्यवस्तु उत्पादनको मिति, म्याद समाप्त मिति, खरिद बील र बिक्री बीलको निरीक्षण गरेको स्थानीय प्रशासनले जनाएको छ ।

निरीक्षणको क्रममा देखिएका कमजोरी हटाउन निर्देशन समेत दिई पा“च वटा पसललाई १० हजार रुपैयाका दरले व्यवसायी जरिवाना गरिएको छ । अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामप्रसाद भुसाल, प्रहरी निरीक्षक ललिता ढकाल, खाद्य तथा गुण नियन्त्रण कार्यालयका नमराज श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयका नायव सुब्वा निलमकुमार भुसाल, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ईन्द्र बहादुर पण्डित, पत्रकार महासंघ जिल्ला प्रतिनिधि सम्मिलित थिए ।

कारवाही गरिएका खाद्यान्न पसलहरुमा शुभलाभ स्टोर, भान्जा इन्टरप्राइजेज, बजरंग स्टोर्स, कालिका मार्केटिङ र रिजाल स्टोर्सलाई १०÷१० हजार कारवाही स्वरुप लिइएको छ भने एस अधिकारी सप्लायर्सको भने कुनै जरिवाना लिइएको छैन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल