काठमाडौ– कोरोना भाइरस फैलिनु एक वर्ष अघि भारतको केरला राज्यमा १७ जनाको मृत्यु भयो । चिकित्सकका अनुसार ती निपा भाइरसका कारण मृत्यु भएको दावी गर्छन् ।

हालै एक जना व्यक्ति यही भाइरसले मरेको त्यहाका चिकित्सकको दावी छ । यही भाइरसका बारेमा नेपाल सरकारले पनि निपा भाइरसविरूद्ध सतर्कता अपनाउन र शंकास्पद बिरामी देखिए नमूना संकलन गर्न निर्देशन दिइसकेको छ ।

निपा भाइरस विशेषत पशुपंक्षी र संक्रमित मानिस गरी दुई वटा स्रोतहरूबाट सर्ने चमेरो र संक्रमित सुंगुर लगायत अन्य पशुहरूको सम्पर्कबाट सर्ने गर्छ ।


निपा भाइरस मानिसबाट मानिसमा सर्ने र यसको मृत्युदर १० जना संक्रमितमध्ये ७ जनाको मृत्यु हुनु विज्ञको भनाइ रहेको छ । यो घातक संक्रामक रोग भनेर बुझ्दा सहिने चिकित्सक बताउछन् । उक्त भाइरस उपचारको लागि निश्चित औषधि वा खोप नभएको बताइएको छ ।


यसको संक्रमण भएको ४ देखि १४ दिनसम्ममा लक्षणहरू उच्चज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, जिउ दुख्ने, बान्ता हुने र श्वासप्रश्वासमा समस्या देखिने छन् । त्यसपछि बिरामी भ्रमित भई अलमलमा पर्ने र अचेत समेत हुने चिकित्सकहरु बताउछन् । निपा भाइरसको उपचार एन्टीबडी र पिसीआर प्रविधिबाट गर्न सकिन्छ । टेरोपस प्रजातिको चमेरामा निपा भाइरस पाइने बताइएको छ । यो काठमाडौं उपत्यकाको काठमाडौं र भक्तपुर लगायत विभिन्न जिल्लामा यी ‘टेरोपस’ प्रजातिको चमेरा रहेका छन् ।
यो भाइरस सन् १९९९ मा मलेसियाका सुंगुरमा देखिएपछि फैलिएको थियो ।
निपा भाइरस सन् २००१ मा भारतको सिलिगुढी देखिएको भारतीय संचारमाध्यमको दावी छ ।
विश्व स्वास्थ्य संगठनले उच्च जोखिम मानिएका ९ संक्रामक रोगहरूमध्ये निपा भाइरसलाई पनि राखेको छ ।
फलफूल राम्ररी सफा गरेर मात्र उपभोग गर्ने, सुंगुरमा स्वास्थ्य समस्या देखिए कृषकहरूले तुरुन्त विशेषज्ञसँग जाँच गराउने र ‘टेरोपस’ प्रजाति चमेरोको बासस्थान काठमाडौं भएकाले बढी जोखिममा यही सहरमा पर्ने विज्ञको दावी छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल