नुवाकोट– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र बलियो हुने बताएका छन् ।


नुवाकोटको बट्टारबजारको कभर्डहलमा बुधबार आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष्ँ लोहनीले देश र जनतालाई बा“ध्ने सुत्र राजसंस्था रहेको र अहिले त्यसको अपरिहार्य आवश्यकता भएको बताएका छन् ।


राप्रपा अध्यक्ष नेता लोहनीले राजसंस्था अभिभावकको रुपमा चाहिने संस्था भएको बताए । ‘प्रजातन्त्र सुढृद हुन राजा र जनताको एकताले नै देश बलियो हुने हो,’ अध्यक्ष लोहनीले भने । उनले अहिलेका राष्ट्रपति नेपालको राष्ट्रपति हुन नसकेर एउटा गुटको मात्रै राष्ट्रपति भएको चिन्ता व्यक्त गरे । विभिन्न दल परित्याग गरी राप्रपामा आएका एकदर्जन भन्दा बढी नेता तथा कार्यकर्तालाई राप्रपा अध्यक्ष लोहनीले खादा लगाएर स्वागत गरे ।

विभिन्न चिरापछि भएको एकतापछि अधिवेशसन यो पहिलो हो । अधिवेशनले राप्रपा नुवाकोटको नया“ नेतृत्व चयन गर्ने छ । त्यसका लागि सर्वसम्वत गराउने प्रयास गरिएपनि अन्त्यमा आगामी ५ गतेलाई सरेको राप्रपाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल