काठमाडौँ — सरकारले खरिद गरेको भेरोसेल खोप आइपुगेको छ । शुक्रबार दिउँसो चीनबाट सरकारले खरिद गरेको ४४ लाख मात्राको भेरोसेल खोप खाइपुगेको छ ।
१० वटा हिमाली जिल्लाका १८ वर्ष माथिका सबैलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ४०÷४६ वर्ष माथि उमेर समूहलाई खोप लगाइने भएको छ । उक्त खोप ५५ वटा जिल्ला लगाइने भएको छ ।
दुई जिल्लामा ३५ वर्ष माथिकालाई खोप लगाउने लगाउने तयारी मन्त्रालयको छ । मनाङ, मुस्ताङ र पूर्वी रुकुमका पूरैलाई खोप प्रदान गर्ने मन्त्रालयको लक्ष्य छ ।
हालसम्म २४ लाख ४८ हजार कोभिशिल्ड, ७४ लाख भेरोसेल, १६ लाख जोन्सन एन्ड जोन्सन, १७ लाख ७७ हजार ३२० एस्ट्राजेनेकाको खोप नेपाल भित्रि सकेको छ । देशभर ५४ लाख ७३ हजार १५१ जनाले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाइसकेको र ६० लाख ५७ हजार १९४ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !