काठमाडौँ — संघीय राजधानी काठमाडौंको वसन्तपुरमा इन्द्रजात्रा मनाइएको छ ।

इन्द्रजात्राका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायत उपस्थिति रहेको थियो । जात्रामाले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो ।
भाद्रशुक्ल द्वादशीका दिन शनिबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान(लिंगो) ठढ्याएपपछि सुरु भएको इन्द्रजात्राको आइतबार मुख्य दिन हो । आइतबार तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाले जनाएको छ । सोमबार माथिल्लो टोलमा रथयात्रा गरिने छ ।
असोज ८ गते महिलाले मात्र रथ तानी नानीचा जात्रा गरिने छ । यसदिन बेलुका राष्ट्रपतिले हनुमानढोका दरबार गई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गरेर राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ । यसअघि राजाले कुमारीसाग खड्ग सा“टथे भने गणतन्त्र आएपछि राष्ट्रपतिले उक्त परम्परा गर्छन् ।
असोज ८ गते राति १०ः३६ बजे इन्द्रध्वज पातन(लिंगो डालेपछि) गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा सकिन्छ । लिंगो ढालेर घिसार्दै टेकु दोभानस्थित वाग्मती किनारमा लगेर सेलाउने परम्परा छ ।


नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा लिंगोको लागि बनमा रुख काट्न थालेपछि इन्द्रजात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिंगो नगर प्रवेशलगायतको विधिपछि भाद्रशुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थान(लिंगो) ठढ्यान्छ । इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको जनविश्वास छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो ।

वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रको आइतबार विधिपूर्वक पूजा गरिएको थियो । जात्रामा लाखेनाच, दश अवतार नाच, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । यस जात्राको अवसरमा संघीय राजधानी काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने चलन छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल