नुवाकोट–अबिरल वर्षात्का कारण सडक पहिरो गएपछि नुवाकोट र रसुवा जिल्ला जोड्ने पासाङ ल्हामु मार्गको सडक अवरुद्ध भएको छ ।
गएराति सदरमुकाम विदुरनगरपालिका २ र ४ वडा बीचमा रहेको मैथली व्यारेक खोल्सामा वर्षाले सडक भासिएर पहिरो गई अवरुद्ध भएको हो । सडक भत्केपछि काठमाडौबाट आएका यातायातका साधन बट्टारबजार पट्टी, रसुवा तथा उत्तरी भेगबाट आएका सवारी विदुर बजारपट्टी रोकिएका छन् ।
अस्थायी रुपमा सडक संचालनमा ल्याउने प्रयास भैरहेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए । राम्ररी सडक संचालनमा आउन १० दिन लाग्न सक्ने उनले बताए । उक्त सडक बाहेक अन्य बैकल्पिक मार्ग समेत छैन ।
यो मार्ग छिमेकी जिल्ला रसुवा तथा सिमा नाका रसुवागढीसम्मको र नुवाकोटको उत्तरपश्चिमभेग जोड्ने मुख्य सडक हो । वर्षा सुरुवात्संगै जोखिममा रहेको, सडक डिभिजन र गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकले बेवास्ता गरेर स्थानीयले बताएका छन् । अस्थायी रुपमा गएको साउन १३ गते राति पनि यसै गरी सडक भासिएर बनाइएको थियो ।
फेरी सोमबार राति सडक भासिंदै बगेको छ । सडक बगेपछि स्थानीयलाई आवतजावत गर्न समेत समस्या भएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !