काठमाडौँ — अघिल्लो सरकारले नियुक्त गरेका राजदूतहरु फिर्ता बोलाउने निर्णय गरेको छ ।
मंगलबार मन्त्रिपरिषद्को बैठकले अघिल्लो खडगप्रसाद ओलीले नियुक्त गरेका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाएका छन् । राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूताहरूलाई फिर्ता बोलाउने निर्णय भएको उनले बताए ।
ओली सरकारले नियुक्त गरेका अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालगायत अन्य देशका राजदूतहरू फिर्ता हुने भएका छन् । नेपालले ३० देशमा आवासीय राजदूत राखेको छ ।
त्यसमध्ये राजनीति नियुक्त भएकालाई फिर्ता बोलाउन लागेका राजदूतहरुमा क्रमशः चीनका महेन्द्रबहादुर पाण्डे, भारतका नीलाम्वर आचार्य, बहराइनकी शर्मिला पराजुली ढकाल, कतारका नारद भारद्वाज, दक्षिण अफ्रिकाका निर्मल विश्वकर्मा, जापानकी प्रतिभा राणा, बंगलादेशका डा. वंशीधर मिश्र, मलेशियाका उदयराज पाण्डे, स्पेनकी दावा फुटी शेर्पा, इजरायलकी अञ्जान शाक्य, बेलायतका लोकदर्शन रेग्मी परराष्ट्र सेवाबाट बाहिरबाट राजदूत नियुक्त भएका छन् ।
उनीहरुमध्ये राप्रपाकी केन्द्रीय सदस्य हुँदा जापानका लागि राजदूत भएकी प्रतिभा राणा छन् । हाल अस्ट्रेलिया, डेनमार्क, इजिप्ट, म्यान्मार, रुस, साउदी अरब र श्रीलंकामा राजदूत खाली छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !